बर्दिया : राजापुर नगरपालिकाको कार्यालय साविक जस्तै आइतबार देखी शुक्रबार सम्म सञ्चालन हुने भएको छ । विकास निर्माण, योजना, आर्थिक वर्ष २०७९/८० को बजेट लगायत सेवाग्राहीलाई सुविधा दिन आइतबार कार्यालय खुला राख्ने कार्यापालिकाको बैठकले निर्णय गरेको नगरपालिका प्रशासनले जनाएको छ ।
आर्थिक वर्ष सकिन करिब डेढ महिना बाँकी रहेकोले कामलाई तीव्रता दिन आइतबार कार्यालय सञ्चालन गर्न लागेको नगरप्रमुख दिपेश चौधरीले बताउनुभयो । सरकारले जेष्ठ १ गतेबाट सातामा दुई दिन कार्यालय बन्द रहने निर्णय गरेको थियो ।
अनलाइन सम्वादसंगको कुराकानीमा राजापुर नगरपालिकाले भने बुधबार (जेष्ठ १८ गते) बाट कार्यालय साविक समय अनुसार सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो ।