onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला सुरु

बाललिकाहरुको सर्वाङ्गगीण विकासमा टेवा पुर्याउने उद्देश्य

Sambad ADD long

अन्जना चौधरी/भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा स्थानिय तहमा एकिकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा तथा रणनितिक तयारी कार्यशाला बैठक सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको समन्वय तथा सहकार्य र ठाकुरबाबा नगरपालिकाको आयोजनामा बैठक कार्यशाला गोष्ठि सुरु भएको हो ।

ठाकुरबाबा नगरपलिकामा प्रारम्भिक अवस्थाका बालबालिकाहरुको सार्वाङ्गगीण विकासमा टेवा पुर्याउने उद्देश्यले योजना तर्जुमा कार्यशाला बैठक शुरु गरीएको थारु महिला उत्थान केन्द्रकी सहजकर्ता उमा पौडेलले जानकारी दिनुभयो । हिजो आईतबारबाट सुरु भएको कार्यशाला बैठक आज सोमबार सम्म संचालन हुनेछ ।

कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपलिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र बहादुर राजवंशीले बालबालिकाहरु आजको लगानी र भोलीको अम्दानी भएकोले सम्पुर्ण बाबुआमाले बालबालिकाहरुको राम्रो हेरचाह गर्नुपर्ने बताउनुभएको छ । जसरी घर बलियो बनाउन घरको जग बलियो हुन आवश्यक छ त्यसरी नै देशमा दक्ष जनशक्ति उत्पादन गर्न प्रारम्भिक अवस्थाका बालबालिकाहरुको सर्वाङ्गगीण विकासका लागि अभिभावकहरुको मुख्य भुमिका रहने गर्दछ । प्रारम्भिक अवस्थाका बालबालिकाहरुको बृद्दि र विकास बढाउनका लागि अभिभावकहरुको मुख्य भुमिका निर्बाह गर्नुपर्ने समेत थारुले बताउनु भयो ।

कार्यक्रममा प्रारम्भिक अवस्थाका बालविकासको महत्व, उचित प्रारम्भिक बालविकासमा अवसर पाएका बालबालिकाहरु, प्रारम्भिक उमेरमा भाषाको विकास, अपाङ्गग भएका बालबालिकाहरुको पहिचान, बालविकासको महत्वपुर्ण सिद्धान्त, र नेपालमा हालसम्म संचालित एकिकृत प्रारम्भिक बालविकासका कार्यक्रमहरु, प्रारम्भिक अवस्थाका बालबालिकाहरुको सर्वाङ्गगीण विकासमा आमाबावु दुबैको महत्वपुर्ण भुमिका रहेको विषयमा पनि छलफल गरिएको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालको सभापतित्वमा सुरु भएको गोष्ठिमा उप–प्रमुख बिना कुमारी भट्टराईको प्रमुख अतिथ्यता रहेको छ ।

Leave A Reply

Your email address will not be published.