ठाकुरबाबामा बंगुरपालक कृषक र सरोकारवाला बिच अन्तक्रिया सम्पन्न
सहुलियत रुपमा कृषि कर्जा उपलब्ध गराउन कृषकको माग
भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा बंगुरपालक कृषक समूह र सरोकारवाला बिच अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । ठाकुरबाबा एकिकृत बंगुरपालक मुल समुह ठाकुरबाबा नगरपालिका–२, बर्दियाको आयोजनामा बंगुरपालक कृषक समूह र सरोकारवाला बिच अन्तरक्रिया गोष्ठिको आयोजना गरिएको हो ।
कार्यक्रममा बंगुर पालक कृषकहरुले बंगुरपालनका लागि दानाको व्यवस्थापन गर्नुपर्ने, पशु विमा गर्नुपर्ने, सहुलियत रुपमा कृषि कर्जा उपलब्ध गराउनुपर्ने, बजार व्यवस्थापन गर्नुपर्ने, कोल्डस्टोर डि–फ्रिज सहितको गाडिको व्यवस्थापन गर्नुपर्ने, नगरवपालिकाद्वारा बंगुरपालक कृषकहरुको अनुगमन गर्नुपर्ने, व्यवसाय अनुसारको अनुदानको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।
बंगुरपालक कृषक समूह र सरोकारवाला बिच अन्तरक्रिया गोष्ठि कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले नगरपालिकाले व्यवसाय प्रबद्र्धनका लागि कृषकहरुसंग छलफल गरि ब्यवसायलाई बजारसम्म जोड्नका लागि निरन्तर हातेमालो गरिरहने बताउनुभयो । यस्तै कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईले कृषिलाई उत्पादन मुलक र आयआर्जनमा जोड्नका लागि र व्यवसायलाई उत्कृष्ठ बनाउन सबैजनाले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।