
यहाँ भावनाहरुमाथि अंकुश लगाइन्छ ।
स्वतन्त्रताका प्वाँखहरु काटिन्छ ।
प्रेमीको निर्मम हत्या गरिन्छ ।
विवशतताको भारी बोकाइन्छ ।
किनकि यो पुँजीवादी व्यवस्था हो ।
छाती फुलाएर सास फेर्न मनाही छ ।
यहाँ मान्छेहरु ढुक्कले निदाउन भुलीसके ।
यो हिटलरको साम्राज्य हो ।
यहाँ यहुदीहरुलाई प्रतिबन्ध छ ।
समयको चक्रव्यूहमा फसेको युग
र म उस्ता उस्तै हौ ।
समयको चक्रव्यूहमा फसेको युगमा
व्यक्ति जोकर हुन्छ ।
व्यवस्था मजाक हुन्छ ।
त्यसैले भन्न मन छ ,
जय पूँजीवाद
जय पुँजीवाद
जय पुँजीवाद !!!