onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सामुदायिक स्रोतकेन्द्र भवन बनेपछि सहज भयो : अध्यक्ष थारु

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाबाट संस्थामा आवद्ध स्थानीय कृषक, समाजसेवी र दातृसंस्थाको सहयोगमा थारु समुदाय विकास मञ्च भुरिगाउँको सामुदायिक स्रोतकेन्द्र भवन निर्माण भएको छ । स्रोतकेन्द्र भवन बनेपछि तालिम र गोष्ठीका लागि सहज भएको छ । भवन बने संगै संस्थामा आवद्ध विपन्न समुदायका कृषकहरुलाई शिपमुलक, आयआर्जनमुलक र क्षमता अभिवृद्धि तालिममा सहभागि गराईने अध्यक्ष चल्टुराम थारुले बताउनु भयो ।

यस क्षेत्रका समुदायमा रहेका विपन्न समुदायबाट संस्थाले छनौट गरेका कृषक समूहका सदस्यहरुलाई विभिन्न किसिमका तालिममा सहभागि हुन सहयोग पुग्ने उद्देश्यसहित सामुदायिक स्रोतकेन्द्र भवन निर्माण गरिएको संस्थाका कार्यकारी व्यवस्थापक भिम बहादुर चौधरीले बताउनुभयो । समुदायबाट ५ लाख ७९ हजार ८२१ रुपैयाँ, दातृ संस्था विकास कोष नर्वेबाट १ लाख ५० हजार रुपैयाँ र संस्थाको कार्यसमिती, कर्मचारी, समाजसेवीको व्यक्तिगत सहयोगबाट १ लाख १० हजार ६८७ रुपैयाँ गरि कुल ८ लाख ३० हजार ७६८ रुपैयाँ लागतमा सामुदायिक स्रोतकेन्द्र भवन निर्माण गरिएको हो ।

झण्डै २८ वर्ष अघि बिक्रम संवत २०५० सालमा स्थापना भएको थारु समुदाय विकास मञ्च संस्थाले आफ्नो स्थापनाकाल देखि नै यस क्षेत्रमा रहेकाका विपन्न वर्गका समुदाय संगै, महिला, गरिव, भूमिहिन, सुकुम्बासी, मुक्तकमैया तथा सिमान्तकृत समुदायको जिविकोपार्जन, सिपमूलक आयआर्जन तथा आर्थिक अवस्था सुधार गर्नका लागि काम गर्दै आएको छ । संस्थाले जिल्लाका दुई पालिका बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा रहेका विभिन्न वडाहरुमा समूह गठन गरी व्यक्तिगत सरसफाई, पारिवारीक पोषण, जैविक विविधता संग सम्बन्धीत जलवायु परिवर्तन, जिविकोपार्जन सम्बन्धी सीप विकास जस्ता कार्यक्रमहरु विभिन्न परियोजना मार्फत् निरन्तर रुपमा संचालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.