सडकका छेउछाउमा उम्रिएको गाँजाको बिरुवा नष्ट

मधुवन, बर्दिया : मधुवन नगरपालिका–१, सुर्यपटुवा, पथरबोझी गाँउमा अवैध रुपमा सडकका छेउछाउमा उम्रिएका गाँजा नष्ट गरिएको छ । प्रहरी चौकी कोठियाघाटको आयोजनामा गाँजा नष्ट गरिएको हो । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दिया, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीय बासिन्दाको उपस्थितिमा गाँजा नष्ट गरीएको प्रहरी चौकी कोठियाघाटका प्रमुख अ.स.इ जोरासिंह अधिकारीले जानकारी दिनुभयो ।

अवैध रुपमा उम्रीएको गाँजाले युवाहरु कुलतमा लाग्ने, बालबालिहरुकाको मनोबैज्ञानिक असर, बृद्धवृद्धा लगायत सम्पूर्ण समाजलाई समेत असर पर्ने भएकोले गाँजालाई नष्ट गरीएको मधुवन नगरपालिका वडा नम्बर १ का वडा सदस्य धनिराम चौधरीले बताउनु भयो ।

Loading...