onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कपिलवस्तुको कृष्णनगरमा भव्य ईमाम कान्फ्रेन्स सम्पन्न

Sambad ADD long

कपिलवस्तु : नेपाली सुन्नी मुस्लिमहरुको दरगाह ए आला हजरतबाट धेरै पुरानो र गहिरो सम्बन्ध छ । नेपाली सुन्नी सूफी बिचारधाराको अनुयायहरुको विकासको लागि आला हजरत र खानदान ए आला हजरतको निकै ठुलो योगदान छ । कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा भारतका वरिष्ठ आलीम ए दीन तथा दरगाह ए आला हजरतका सचीव मौलाना सलीम नूरीले नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह ए आला हजरतको वर्षौं पुरानो सम्बन्ध रहेको बताउनु भयो । उहाका अनुसार नेपाली सुन्नी समुदायको आर्थिक सामाजिक धार्मिक विकासको लागि आला हजरत र खानदान ए आला हजरतले वर्षों देखी काम गर्दै आएका छन् ।

नेपालमा सुन्नी मुस्लिमहरुको संरक्षण तथा उन्नतिको लागि खानदान ए आला हजरतले पैदल यात्रा गरेर पनि काम गरेकको सलीम नूरीले बताउनुभयो । उहाँको अनुसार मुफ्तिए आजम ए हिन्द , मुफस्सिर ए हिन्द , हुज्जतुल ईस्लाम , रेहान ए मिल्लत लगायतले नेपालको अधिकांश जिल्लामा मदरसा मस्जिदको बुनियाद राखेर सुन्नी समुदायको शैक्षिक आर्थिक सामाजिक विकासमा टेवा पुऱ्याएका हुन् ।

त्यस्तै उक्त सभामा अतिथिको रूपमा पाल्नु भएको राष्ट्रिय उल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सय्यद गुलाम हुसैन मजहरीले नेपाल उल्मा काउन्सिलले नेपाली सुन्नी सूफी बिचारधाराको नागरिकहरुको लागि मुस्लिम युनिभर्सिटी सञ्चालनमा छिटै आउने र ईमाम अहमद रजा नामक लाइब्रेरी निर्माण हुने बताउनु भयो । नेपाली सुन्नी सूफी खानकाही बिचारधाराको अनुयायीहरुले सभा सम्मेलनहरुमा कटौती गरि शैक्षिक विकासको लागि युनिभर्सिटी कलेज र विद्यालयहरुमा लगानी गर्नुपर्ने अवश्यकता रहेको सहभागीहरुले बतताएका छन् ।

सभामा प्रमुख अतिथिको रूपमा पाल्नु भएको दरगाह ए आला हजरतको वरिष्ठ सूफी मन्नान रजा खानले कार्यक्रमको अन्तिममा नेपालको विकास र सौहार्दको लागि प्राथना गर्नुभयो । ईमाम ए आजम कान्फ्रेन्सको अवसरमा मदरजा अल जामियातुल बरकातको १० जना बालिकाहरुलाई दस्तार ए हिफ्जुल कुरआन गराइएको हो ।

Leave A Reply

Your email address will not be published.