onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

वन र वन्यजन्तु संरक्षणका लागि सबै मिलि सहकार्य गरौं : मधुवन नगरप्रमुख भाट

Sambad ADD long

हरी गुरुङ्ग/मधुवन, बर्दिया : मधुवन नगरपालिका अन्तरगत रहेको खाता जैविकमार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको क्यामेरा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट र उप–प्रमुख अनिता चौधरीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।

तराई भु–परिधी कार्यक्रम (ताल) कोहलपुर बाँकेको आर्थिक सहयोगमा सञ्चालन हुनलागेको बाघ अनुगमन ४५ दिनसम्म चल्ने जनाईएको छ । ४२ वटा ग्रीडमा ४२ जोडी स्वचालित क्यामेरा राखेर गरिने बाघ अनुगमन कार्य खाता जैविकमार्ग संगै राजापुर नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बाह्रबर्दिया नगरपालिका र मध्यवर्ती क्षेत्रमा समेत संचालन हुनेछ । अनुगमन कार्यमा ८ जना स्थानीय नागरिक बैज्ञानिक र २ जना डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी सहित १० जनाको समूह खटिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले वन–वन्यजन्तु र मानव सबै जना आ–आफ्नो ठाउँमा सुरक्षित रहनु पर्ने बाताउँदै वन्यजन्तुको बाँच्ने अधिकार र संरक्षणका लागि सबै मिलेर सहकार्य गर्नुपर्ने बताउउनु भयो ।

Leave A Reply

Your email address will not be published.