onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा ३ का वडाध्यक्षद्वारा पदभार ग्रहण, गाउँमा घुम्तीसेवा संचालन गर्ने निर्णय

Sambad ADD long

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष श्रीकृष्ण थारुले पदभार ग्रहण गर्नुभएको छ । आज एक कार्यक्रमका बिच वडाध्यक्ष थारुले अन्य सदस्यहरु संगै पदभार ग्रहण गर्नुभएको हो । पदभार सम्हाल्दै वडाध्यक्ष थारुले बगनाहा बजारमा रहेको वडाकार्यालयबाट भौगोलिक रुपमा टाढा रहेका गोदाना, नेउलापुर र कञ्चनपुर गाउँमा वडा कार्यालयको घुम्तीसेवा संचालन गर्ने निर्णय गर्नुभएको छ ।

भौगोलिक रुपमा टाढा रहेका गाउँका नागरिकहरुलाई छिटो, छरितो र प्रभावकारी रुपमा घरदैलोमा नै वडाको सेवा उपलब्ध गराई वडा कार्यालयको अपनत्वपन गराउनका लागि यहि जेष्ठ २४ गते देखी लागुहुुने गरी सरकारी सार्वजनिक बिदा बाहेक साप्ताहिक रुपमा गोदाना गाउँमा बुधबार र कञ्चनपुर गाउँमा शुक्रबार वडा नम्बर ३ को कार्यालयको घुम्तीसेवा संचालन गर्न लागिएको वडाध्यक्ष श्रीकृष्ण थारुले जानकारी दिनुभयो । वडाध्यक्ष थारु सहितको समूहले आफुहरु जननिर्वाचित भएमा वडा कार्यालय केन्द्र देखी भौगोलिक रुपमा टाढा रहेका गाउँका नागरिकको सेवाका लागि घुम्तीसेवा संचालन गर्ने लगायतका प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो, अनलाइन सम्वाद संगको कुराकानीमा सोहि प्रतिबद्धताहरुको कार्यान्वयनको सुरुवात गरिएको महिला सदस्य रुपकला कुमारी थापा कार्कीले बताउनु भयो ।

वैशाख ३० गते सम्पन्न स्थानियतहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका वडाध्यक्ष श्रीकृष्ण थारु १ हजार ३४८, महिला सदस्य रुपकला कुमारी थापा कार्की, १ हजार ३००, दलित महिला सदस्य संगम नेपाली १ हजार २९९, खुल्ला सदस्य औंशे सुनार १ हजार २६३ र राम कुमार थारु १ हजार २६३ मतका साथ विजयी हुनुभएको हो । अघिल्लो स्थानियतह निर्वाचनमा पनि यस पटक जननिर्वाचित वडाअध्यक्ष थारुको हालको प्यानलनै लोकप्रिय मतका साथ निर्वाचित हुनुभएको थियो । यसैबीच अन्य वडामा पनि पदभार हस्तान्तरण तथा ग्रहण भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.