बर्दिया : ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुभएका तिलकराम लम्साल र उपप्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुभएकी बिना कुमारी भट्टराई निर्वाचित हुनुभएको छ ।
३३ हजार ५५७ मतदाता रहेको ठाकुरबाबा नगरपालिकामा २४ हजार ३२० मत खसेकोमा लम्सालले ९ हजार ४२ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका घननारायण श्रेष्ठले ६ हजार ५८१ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुमारी पार्वती लम्सालले १६४ र नेकपा एकिकृत समाजबादीका दुर्गा प्रसाद जैसीले १०० मत प्राप्त गर्नुभएको छ भने साझा पार्टी नेपालका उमेश राज थापाले ७९ र नेपाल मजदुर किसान पार्टीकी पवित्रा शाहीले ६ मत प्राप्त गर्नु भएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उप–प्रमुख तर्फ नेकपा एमालेकी बिना कुमारी भट्टराई ८ हजार १७६ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी मन्जु कुमारी चौधरीले ७ हजार ६७४ मत प्राप्त गर्नु भएको छ । नेकपा माओबादी केन्द्रकी आशा कुमारी थारुले ६ हजार १६९ मतका प्राप्त गर्दा नेकपा एकिकृत समाजबादीकी कुमारी मधु शर्माले ३०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ताराबहादुर चम्लागाईले २४८ मत प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीकी राम कुमारी थारुले ३ मत प्राप्त गर्नु भएको छ ।
९ वटा वडा रहेको ठाकुरबाबा नगरपालिकाको वडाअध्यक्ष तर्फ नेपाली काँग्रेसले ५, नेकपा माओबादी केन्द्रले ३ र नेकपा एमालेले १ वडामा जित हासिल गरेको छ । १ को वडाध्यक्षमा नेकपा माओबादी केन्द्रका निमराज खनाल १ हजार १४६ मत, २ को वडाध्यक्षमा नेपाली काँग्रेसका कमल प्रसाद चपाईं १ हजार ३७३ मत, ३ को वडाध्यक्षमा नेकपा एमालेका श्रीकृष्ण थारु १ हजार ३४८ मत, ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका सूर्य बहादुर बिष्ट १ हजार २०९ मत, ५ को वडाध्यक्षमा नेकपा माओबादी केन्द्रका शम्भु प्रसाद थारु १ हजार ६० मत, ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका जय प्रसाद पौड्याल ९५८ मत, ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका कलम बहादुर बिष्ट १ हजार २४ मत, ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका टेक बहादुर बडुवाल ७७८ मत र ९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राधा चौधरी ९७८ मतका साथ निर्वाचित हुनुभएको छ ।