
बर्दिया : गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
बर्दिया जिल्लाकाे सदरमुकाम गुलरिया नगरपालिकाकाे मेयरमा नेपाली काँग्रेसका मुक्तिनाथ ७ हजार ९ सय ८९ मत ल्याएर विजयी हुनुभयो, प्रतिष्पर्धी नेकपा एमालेका अमर बहादुर खडकाले ७ हजार ८ सय ११ मत ल्याउनुभयो ।
उपमेयरमा नेपाली काँग्रेसका साबित्रा गाैतमले ८ हजार २ सय ७ मत ल्याएर विजयी हुनुभयो भने प्रतिष्पर्धी नेकपा एमालेका टीका सम्सेलीले ७ हजार ४ सय ६२ मत ल्याउनुभयो ।