online-aama-surachhya-sandesh

ठाकुरबाबा : २ को वडाअध्यक्षमा कमल प्रसाद चपाईं प्यानल सहित निर्वाचित

Sambad ADD long

भुरिगाउँ, बर्दिया : स्थानियतह निर्वाचन अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को मतगणना सकिएको छ । वडा नम्बर २ को वडाअध्यक्षमा कमल प्रसाद चपाईं प्यानल सहित निर्वाचित हुनुभएको छ । चपाईं नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । ३ हजार ६६० मत खसेकोमा चपाईंले १ हजार ३७३ मत प्राप्त गरी विजयी हुनुभएको छ, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिव नारायण थारुले ९९४ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओबादी केन्द्रका बिष्णु बहादुर शाहीले ९५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज थापाले ६४ र नेकपा एसका प्रकाश खनालले २३ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसकाको तर्फबाट उम्मेदवार बन्नुभएका महिला सदस्य सरिता थारु १ हजार ३२१, दलित महिला सदस्य सिता चुनारा १ हजार ३८०, खुल्ला सदस्य राजेन्द्र प्रसाद कंडेल १ हजार ३१८ र नयाराम खड्का १ हजार ३५२ मतका साथ विजयी हुनुभएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ । अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरीराम थारु निर्वाचित हुनुभएको थियो । नेकपा एमालेका हालका अध्यक्ष उम्मेदवार शिव नारायण थारु २०७४ सालको निर्वाचनमा १ मतले नेकपा माओवादी केन्द्रका उम्मेदवार हरीराम थारु संग पराजित हुनु भएको थियो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को अन्तिम नतिजा :

Leave A Reply

Your email address will not be published.