onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

गेरुवा गाउँपालिकाको अध्यक्षमा पुनः केसी निर्वाचित

पालिकाको सवै वडाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारहरु निर्वाचित

Sambad ADD long

बर्दिया : गेरुवा गाउँपालिकाको अध्यक्षमा पुनः जमानसिं केसी निर्वाचित हुनुभएको छ । केसी २०७४ सालको निर्वाचनमा पनि निर्वाचित हुुनुभएको थियो । अध्यक्षमा केसी निर्वाचित हुँदा उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्वाचित हुनुभएको छ । केसी र चौधरी दुबै नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष र उपाध्यक्षमा पदको उम्मेदवार हुनुहुन्थ्यो ।

२५ हजार ७६१ मतदाता रहेको गेरुवा गाउँपालिकामा १७ हजार ९४६ मत खसेकोमा केसीले ७ हजार ६९८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका विश्‍व बहादुर थारुले ६ हजार ६२० मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका भरत वहादुर धामीले १ हजार ८५१ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सोनपति थारुले २०५, नागरिक उन्मुक्ती पार्टीका छेत्रपाल थारुले १६६ र राष्ट्रिय जनमोर्चाका देब बहादुर जि.सी.ले १८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उप–प्रमुखमा निर्वाचित लक्ष्मी कुमारी चौधरीले ७ हजार १५३ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रकी लिला चौधरीले ६ हजार ५८३ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेकी मंजु शर्माले २ हजार २४३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी विछा देवी शाहले २८३, नागरिक उन्मुक्ती पार्टीकी केशरी कुमारी चौधरीले १९६ र उपाध्यक्षमा स्वतन्त्रका उम्मेदवार दाने कुमाल (कामी)ले ७ मत प्राप्त गर्नुभएको छ ।

६ वटा वडा रहेको गेरुवा गाउँपालिकाको सवै वडाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारहरुले जित हाँसिल गरेका छन् ।

१ को वडाध्यक्षमा कर्म प्रसाद चौधरीले १ हजार ३०५
२ को वडाध्यक्षमा कृष्ण थारुले १ हजार १७३
३ को वडाध्यक्षमा निर्मल चौधरीले १ हजार ३७
४ को वडाध्यक्षमा महेन्द्र प्रसाद चौधरीले १ हजार ४७५
५ को वडाध्यक्षमा धर्म प्रकाश थारुले १ हजार २८७
र ६ को वडाध्यक्षमा कृष्ण गोपाल चौधरीले १ हजार ४७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको गेरुवा गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गेरुवा गायँपालिकाको सम्पूर्ण मतपरिणामहरुको आधिकारिक जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

Leave A Reply

Your email address will not be published.