भुरिगाउँ, बर्दिया : स्थानियतह निर्वाचन अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ । वडा नम्बर ६ को वडाअध्यक्षमा जय प्रसाद पौडयाल प्यानल सहित निर्वाचित हुनुभएको छ । पौडयाल नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । २२१० मत खसेकोमा पौडयालले ९५८ मत प्राप्त गरी विजयी हुनुभएको छ, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिपक बहादुर थापाले ८०१ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओबादी केन्द्रका जित बहादुर थारुले ३२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका थीर बहादुर थापाले ८ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसकाको तर्फबाट उम्मेदवार बन्नुभएका महिला सदस्य सीता थारु ९६५, दलित महिला सदस्य बिष्णु कुमारी बि.क. ९६३, खुल्ला सदस्य प्रेम बहादुर थापा ९३७ र बल बहादुर थारु ९५१ मतका साथ विजयी हुनुभएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ । यस वडामा अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भवानी प्रसाद भुषाल निर्वाचित हुनुभएको थियो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को अन्तिम नतिजा :