onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : ४ को वडाअध्यक्षमा सूर्य बहादुर बिष्ट प्यानल सहित निर्वाचित

Sambad ADD long

भुरिगाउँ, बर्दिया : स्थानियतह निर्वाचन अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को मतगणना सकिएको छ । वडा नम्बर ४ को वडाअध्यक्षमा सूर्य बहादुर बिष्ट प्यानल सहित निर्वाचित हुनुभएको छ । बिष्ट नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । २४४० मत खसेकोमा विष्टले १२०९ मत प्राप्त गरी विजयी हुनुभएको छ, नेकपा एमालेका नारायण अधिकारीले ५८० मत प्राप्त गर्नु भएको छ भने नेकपा माओबादी केन्द्रका अमर बहादुर थापाले ४२१ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बम बहादुर हमालले २५, नेकपा एसका दशैया थारुले १६ र साझा पार्टीका अर्जुन नेपालीले १७ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका महिला सदस्य जैसरा साउँद १२२३, दलित महिला सदस्य पूजा परियार १२२४, खुल्ला सदस्य अमिन थारु ११५८ र भग्गु थारु ११६३ मतका साथ विजयी हुनुभएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ । यस वडामा अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर थारु निर्वाचित हुनुभएको थियो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को अन्तिम नतिजा :

Leave A Reply

Your email address will not be published.