
बर्दिया : बारबर्दिया नगरपालिकाको प्रमुखमा छबिलाल थारु र उपप्रमुखमा रत्नकुमारी पाण्डे निर्वाचित हुनुभएको छ । थारु र पाण्डे दुबै नेपाली काँग्रेसका तर्फबाट प्रमुख र उप-प्रमुख पदको उम्मेदवार हुनुहुन्थ्यो ।
४९ हजार ५३६ मतदाता रहेको बारबर्दिया नगरपालिकामा ३५ हजार ४४५ मत खसेकोमा थारुले १३ हजार ६ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पदम प्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओबादी केन्द्रका दशरथ अगलपथ थारुले ९ हजार १०९ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका राम भरोसे थारुले ५५१, नेपाल दलित पार्टीका कृण्ण ढकालले १०७, नेपाल मजदुर किसान पार्टीकी मन्जु चौधरीले ८०, स्वतन्त्र उम्मेदवार अशोक के.सी.ले ७६, राष्ट्रिय जनमोर्चाका नुम लाल रेग्मीले ६९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महेन्द्र किशोर झाले ३३ र नगरप्रमुखका स्वतन्त्र उम्मेदवार सोमाला थारुले ३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उप–प्रमुखमा निर्वाचित रत्न कुमारी पाण्डेले १२ हजार ४९१ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओबादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत प्राप्त गर्नुभएको छ ।नेपाल दलित पार्टीकी सुसिला कुमारी वि.क.ले १०४, नेपाल मजदुर किसान पार्टीकी जगमति चौधरीले ७६ र महिला राष्ट्रिय जनमोर्चाकी सुमित्रा पराजुलीले ३१ मत प्राप्त गर्नुभएको छ ।
११ वटा वडा रहेको बारबर्दिया नगरपालिकाको वडाअध्यक्ष तर्फ नेपाली काँग्रेसले ६, नेकपा एमालेले ३ र नेकपा माओबादी केन्द्रले २ वडामा जित हासिल गरेको छ ।
१ को वडाध्यक्षमा नेपाली काँग्रेसका कैलासपति थारुले १ हजार ६५
२ को वडाध्यक्षमा नेपाली काँग्रेसका राम फेरन थारुले १ हजार ४६५
३ को वडाध्यक्षमा नेपाली काँग्रेसका नन्दलाल थारुले १ हजार ५३९
४ को वडाध्यक्षमा नेपाली काँग्रेसका सिता राम योगीले १ हजार ३१६
५ को वडाध्यक्षमा नेकपा एमालेका लाल बहादुर थारु चौधरीले ९६५
६ को वडाध्यक्षमा नेकपा एमालेका झग बहादुर वली क्षेत्रीले १ हजार ९४
७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका इन्द्र प्रसाद थारु चौधरीले १ हजार ३९
८ को वडाध्यक्षमा नेपाली काँग्रेसका नर बहादुर चन्दले १ हजार २१६
९ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र कुमार विष्टले १ हजार ६१८
१० को वडाध्यक्षमा नेकपा एमालेका रण बहादुर चौधरीले १ हजार ३८३
र ११ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका विजय कुमार चौधरीले ९८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको बारबर्दिया नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बारबर्दिया नगरपालिकाको सम्पूर्ण मतपरिणामहरुको आधिकारिक जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।