onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

निर्वाचितलाई पुनः पराजित भनेपछि बर्दियाको गुलरियामा विवाद

Sambad ADD long

गुलरिया, बर्दिया : गुलरिया नगरपालिका ४ का अजमेर अली नाउ एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्‍यो । घोषणालगत्तै उहाँका समर्थकले खुसियाली मनाउँदै र्‍याली निकाले ।

घोषणा गरेको ४ घण्टापछि उहाँ पराजय भएको सूचना निर्वाचन कार्यालयले पुनः सार्वजनिक गर्‍यो । आइतबार बेलुकी निर्वाचित घोषित अजमेर ४ मतले पराजित भएको घोषणापछि एमाले समर्थक आक्रोशित भएका छन् । उहाँले आफ्नो बेइजति गराइएको भन्दै मतगणना गर्ने कर्मचारीले गम्भीर लापरबाही गरेको आरोप लगाउनु भएको छ । उहाँले मतगणकहरूमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै आक्रोश पोख्नुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मतगणनामा धाँधली भएको भन्दै मतगणना कार्य केहीबेर रोकेका थिए । वडा नम्बर ८ को मतपेटिका खोलिएकाले मतगणना गर्न दिने सहमति भएको छ । माओवादीका मेयरका उम्मेदवार गेहेन्द्र ढकालले जबसम्म पुनः मतगणना हुँदैन तबसम्म वडा नम्बर ९ देखि १२ वडासम्मको मतगणना गर्नु नहुने बताउनु भएको छ । मतगणनास्थलमा गुलरिया नगरपालिकाका कर्मचारी फेरिनुपर्ने एमालेले माग गरेको छ । साभार :कमल पन्थी/कान्तिपुर

Leave A Reply

Your email address will not be published.