online-aama-surachhya-sandesh

जजिरा एअरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा

Sambad ADD long

काठमाण्डौ : भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । बिहान ७ बजे पहिलो पटक अन्तर्राष्ट्रिय जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५६६ औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो ।

जहाजलाई विमानस्थलमा पानीका फोहरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । यो विमानले आज राति साढे २ बजे नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उज्यालोबाट

Leave A Reply

Your email address will not be published.