onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : ७ को वडाअध्यक्षमा कलम बहादुर बिष्ट प्यानल सहित निर्वाचित

Sambad ADD long

भुरिगाउँ, बर्दिया : स्थानियतह निर्वाचन अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को मतगणना सकिएको छ । वडा नम्बर ७ को वडाअध्यक्षमा कलम बहादुर बिष्ट प्यानल सहित निर्वाचित हुनुभएको छ । बिष्ट नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । २०४१ मत खसेकोमा बिष्टले १०२४ मत प्राप्त गरी विजयी हुनुभएको छ, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामचन्द्र थारु (गुरुदेव)ले ७०५ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओबादी केन्द्रका चक्र बहादुर बडुवालले २१९ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका महिला सदस्य मनिषा कठायत रावत९७९, दलित महिला सदस्य हेमा बि.क. ९८०, खुल्ला सदस्य सुष्मा खड्का ९४६ र भागिराम थारु ९९२ मतका साथ विजयी हुनुभएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ । यस वडामा अघिल्लो स्थानियतह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर खड्का निर्वाचित हुनुभएको थियो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को अन्तिम नतिजा :

 

Leave A Reply

Your email address will not be published.