
भुरिगाउँ, बर्दिया : स्थानियतह निर्वाचन अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ को मतगणना सकिएको छ । वडा नम्बर ५ को वडाअध्यक्षमा शम्भु प्रसाद थारु निर्वाचित हुनुभएको छ । थारु नेकपा माओबादी केन्द्रका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । २८५८ मत खसेकोमा थारुले १०६० मत प्राप्त गरी विजयी हुनुभएको छ, उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका डबल सिंह साउदले ७७६ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका भिख्खुराम थारु (चौधरी)ले ७५७ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दील बहादुर खड्काले ४८ र नेकपा एसका लक्ष्मी प्रसाद खनालले २९ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ५ मा अध्यक्ष नेकपा माओबादी केन्द्रका उम्मेदवारले जित्दा अन्य चार पदमा भने नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका महिला सदस्य बुधनी थरुनी ८७७, दलित महिला सदस्य बेली बि.क. ८९८, खुल्ला सदस्य तेजबन्धु लम्साल ८८९ र रामरानी थारु ८८१ मतका साथ विजयी हुनुभएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ ।
यस वडामा अघिल्लो स्थानियतह निर्वाचनमा आज निर्वाचित शम्भु प्रसाद थारुलाई ९ मतले पराजित गर्दै नेकपा एमालेका उम्मेदवार गंगाराम जैशी निर्वाचित हुनुभएको थियो । नेकपा एमालेका उम्मेदवार भिख्खुराम थारु र वडा अध्यक्षमा निर्वाचित थारु नातामा काका–भतिज हुनुहुन्छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ को अन्तिम नतिजा :