
भुरिगाउँ, बर्दिया : स्थानियतह निर्वाचन अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को मतगणना सकिएको छ । वडा नम्बर १ को वडाअध्यक्षमा निमराज खनाल प्यानल सहित निर्वाचित हुनुभएको छ । खनाल नेकपा माओबादी केन्द्रका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । २८३२ मत खसेकोमा खनालले ११४६ मत प्राप्त गरी विजयी हुनुभएको छ, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बिष्णु प्रसाद खनालले ७६० मत प्राप्त गर्नु भएको छ भने नेपाली काँग्रेसका बेद प्रसाद भण्डारीले ६६४ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम बहादुर शाहीले १०३ र नेकपा एसका प्रेम प्रसाद तिमिल्सैनाले ४ मत प्राप्त गर्नुभएको छ । नेकपा माओबादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएका महिला सदस्य मिना चौधरी १०२६, दलित महिला सदस्य सुबिस्ता सार्की १०३९, खुल्ला सदस्य कृष्ण प्रसाद थारु ९६५ र बिर बहादुर थारु ९३३ मतका साथ विजयी हुनुभएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ । यस वडामा अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामलाल थारु निर्वाचित हुनुभएको थियो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को अन्तिम नतिजा :