onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा ६६९० मतको परिणाम सार्वजनिक, माओबादी केन्द्रको अग्रता

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा ६६९० मतगणनाको नतिजा सार्वजनिक भएको छ । ६६९० मतको गणनामा नेकपा माओबादी केन्द्रले नगरप्रमुख पदमा आफ्नो अग्रतालाई कायम नै राखेको छ । दिउँसो १:२४ बजे प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा माओबादी केन्द्रका तर्फबाट नगरप्रमुखका उम्मेदवार नेत्रराज आचार्यले २६३३, नेपाली काँग्रेसका तिलकराम लम्सालले १९१२ र नेकपा एमालेका घननारायण श्रेष्ठले १६१२ मत प्राप्त गर्नुभएको छ । नेकपा एकिकृत समाजबादीका दुर्गा प्रसाद जैसीले ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुमारी पार्वती लम्सालले ४३ मत प्राप्त गर्नुभएको छ भने साझा पार्टी नेपालका उमेश राज थापाले २ र नेपाल मजदुर किसान पार्टीकी पवित्रा शाहीले १ मत प्राप्त गर्नु भएको छ ।

उप–प्रमुख तर्फ नेकपा एमालेकी बिना कुमारी भट्टराईलाई ९९ मतले पछाडी पार्दै नेकपा माओबादी केन्द्रकी आशा कुमारी थारु पहिलो स्थानमा हुनुहुन्छ थारुले २३९४ मत प्राप्त गर्नु भएको छ भने, भट्टराईले २२९५ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसकी मन्जु कुमारी चौधरी १३६३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । नेकपा एकिकृत समाजबादीकी कुमारी मधु शर्माले ६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ताराबहादुर चम्लागाईले ७२ मत प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीकी राम कुमारी थारुले १ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर १ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार निमराज खनालले ९८१ मतका साथ अग्रतालाई कायम नै राखि रहँदा नेकपा एमालेका विष्णु प्रसाद खनालले ६४९ मतका साथ खनाललाई पछ्याई रहनु भएको छ भने नेपाली काँग्रेसका बेद प्रसाद भण्डारीले ५६३ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर ५ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार शम्भु प्रसाद थारुले ८०८ मतका साथ अग्रतालाई कायम नै राखि रहँदा नेकपा एमालेका भिख्खुराम थारु (चौधरी)ले ५४७ मतका साथ शम्भु प्रसाद थारुलाई पछ्याई रहनु भएको छ भने नेपाली काँग्रेसका डबल सिंह साउदले ३९१ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर ९ को अध्यक्षमा नेकपा माओबादी केन्द्रकी उम्मेदवार राधा चौधरीले ८८४ मतका साथ अग्रतालाई कायम नै राखि रहँदा नेपाली काँग्रेसका जय बहादुर बलमे ७४४ मतका साथ चौधरीलाई पछ्याई रहनु भएको छ भने नेकपा एमालेका प्रमिल नेपाल खनालले ५३० मत प्राप्त गर्नु भएको छ ।

३३ हजार ५५७ मतदाता रहेको ठाकुरबाबा नगरपालिकामा २४ हजार ३२९ मत खसेको र हाल सम्म ६६९० मत गणना गर्दा १०६ मत पूर्णरुपमा बदर भएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.