पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाण्डौ : सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । अहिलेलाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

Loading...