onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा ३७०३ मतको परिणाम सार्वजनिक, प्रमुखमा माओबादी केन्द्रको अग्रता कायमै

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा ३७०३ मतगणनाको नतिजा सार्वजनिक भएको छ । ३७०३ मतको गणनामा नेकपा माओबादी केन्द्रले अग्रतालाई कायम नै राखेको छ । राति १० बजे प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा माओबादी केन्द्रका तर्फबाट नगरप्रमुखका उम्मेदवार नेत्रराज आचार्यले १४०६, नेपाली काँग्रेसका तिलकराम लम्सालले १०६८ र नेकपा एमालेका घननारायण श्रेष्ठले ९०८ मत प्राप्त गर्नुभएको छ । नेकपा एकिकृत समाजबादीका दुर्गा प्रसाद जैसीले ३४ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुमारी पार्वती लम्सालले २१ मत प्राप्त गर्नुभएको छ ।

उप–प्रमुख तर्फ नेकपा एमालेकी बिना कुमारी भट्टराई १३१८ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने, नेकपा माओबादी केन्द्रकी आशा कुमारी थारु ९८० मतका साथ १२५७ मतका साथ दोस्रो तथा नेपाली काँग्रेसकी मन्जु कुमारी चौधरी ७३६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । नेकपा एकिकृत समाजबादीकी कुमारी मधु शर्माले ५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ताराबहादुर चम्लागाईले ३७ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर १ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार निमराज खनालले ४९५ मतका साथ अग्रतालाई कायम नै राखि रहँदा नेकपा एमालेका विष्णु प्रसाद खनालले ३४७ मतका साथ खनाललाई पछ्याई रहनु भएको छ भने नेपाली काँग्रेसका बेद प्रसाद भण्डारीले २९५ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर ५ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार शम्भु प्रसाद थारुले ५३९ मतका साथ अग्रतालाई कायम नै राखि रहँदा नेकपा एमालेका भिख्खुराम थारु (चौधरी)ले ३५२ मतका साथ शम्भु प्रसाद थारुलाई पछ्याई रहनु भएको छ भने नेपाली काँग्रेसका डबल सिंह साउदले २०६ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर ९ को अध्यक्षमा नेकपा माओबादी केन्द्रकी उम्मेदवार राधा चौधरीले ४५६ मतका साथ अग्रतालाई कायम नै राखि रहँदा नेपाली काँग्रेसका जय बहादुर बलमे ४३४ मतका साथ चौधरीलाई पछ्याई रहनु भएको छ भने नेकपा एमालेका प्रमिल नेपाल खनालले २५९ मत प्राप्त गर्नु भएको छ ।

३३ हजार ५५७ मतदाता रहेको ठाकुरबाबा नगरपालिकामा २४ हजार ३२९ मत खसेको र हाल सम्म ३७०३ मत गणना गर्दा ५२ मत पूर्णरुपमा बदर भएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.