
बर्दिया : जिल्लाको ८ ओटै पालिकाहरुमा मतगणनाको कार्य जारी रहेको छ । केहिपालिकाहरुमा वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुने तयारीमा छ भने अन्य पालिकाहरुमा मतगाणनाको कार्य तिब्र गतिमा अगाडी बढेको छ । यो समाचार तयार पार्दा सम्म नेकपा एमाले र नेपाली काँग्रेसले समान ३ पालिका र नेकपा माओबादी केन्द्रले २ पालिकाको नगरप्रमुखमा अग्रता कायम गरेको छ ।
नेकपा एमालेले बढैयाताल गाउँपालिका, बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकामा अग्रता कायम गर्दा नेपाली काँग्रेसले गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा अग्रता कायम गरेको छ भने नेकपा माओबादी केन्द्रले ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा अग्रता कायम गरेको छ ।
नगरउप–प्रमुख तर्फ बर्दियाको ८ पालिकामा नेपाली काँग्रेस ४, नेकपा एमाले ३ र माओबादी केन्द्रले १ ठाउँमा अग्रता कायम गरेको छ । उपप्रमुख तर्फ नेपाली काँग्रेसले गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र बारबर्दिया नगरपालिकामा अग्रता कायम गर्दा नेकपा एमालेले ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकामा अग्रता कायम गरेको छ भने माओबादी केन्द्रले मधुवन नगरपालिकामा अग्रता कायम गरेको छ ।