online-aama-surachhya-sandesh

बर्दियामा शान्तिपुर्ण मतदान, मतदाताको उत्साहजनक सहभागिता (फोटो फिचर)

Sambad ADD long

बर्दिया : बर्दियामा शान्तिपुर्ण ढंगबाट मतदान भइरहेको छ । बर्दियाका मतदान केन्द्रमा उत्साहजनक सहभागिता रहेको पाईएको छ ।स्थानीय तह निर्वाचन अन्तर्गत बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

गुलरिया नगरपालिकामा ५४ प्रतिशत, गेरुवा गाउँपालिकामा ५५ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ५५ प्रतिशत, बढैयाताल गाउँपालिकामा ६१ प्रतिशत, बारबर्दिया नगरपालिकामा ५३ प्रतिशत मत खसेको छ । यसैगरी बाँसगढी नगरपालिकामा ४८ प्रतिशत, मधुवन नगरपालिकामा ५९ प्रतिशत र राजापुर नगरपालिकामा ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । १ लाख ७० हजार २ सय ८० मत खसेको छ । बर्दियामा कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेका छन् । बर्दिया जिल्लाभर ६२ देखि ६७ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।

दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो । सबै मतदान केन्द्रमा शान्तिपुर्ण ढंगबाट मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो ।
विहानैदेखि चर्को घाममा धेरै समय उभिनुु परेको मतदाताहरुको गुनासो छ । अधिकाँश मतदाताहरुले छाता लिएर लाईनमा बसेर मतदान गरेका छन् । दिउँसो ३ बजेतिर एकछिन हल्का वर्षा भएपनि मतदान प्रकृया प्रभावित नभएको उहाँले बताउनुभयो ।

तस्वीरमा हेर्नुहोस् बर्दियाको मतदान :

ठाकुरबाबा नथगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नगरप्रमुख पदका उम्मेदवार घननारायण श्रेष्ठ एकसाता अघि मोटरसाईकलको ठक्करबाट खुट्टामा चोट लागि गम्भिर घाईते भई काठमाण्डौको बि एण्ड बि अस्पतालमा उपचाररत उहाँ बैशाखीको सहायताबाट मतदान स्थल पुगि मतदान गर्नुभएको छ ।

 

Leave A Reply

Your email address will not be published.