onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा ४७ पदका लागि २०१ जना चुनावी मैदानमा (कसले कहाँ मतदान गर्दै विवरण सहित)

Sambad ADD long

भुरिगाउँ, बर्दिया : आज बैशाख ३० गते शुक्रबार स्थानियतहको निर्वाचनको मतदान विहान ७ बजे देखी साँझ ५ बजे सम्म संचालन हुँदैछ । ठाकुरबाबा नगरपालिकामा नगरप्रमुुख, उपप्रमुख सहित ४७ ओटा पदका लागि २०१ जना चुनावी मैदानमा रहेका छन् । विभिन्न पदहरुमा २१२ जनाको उम्मेदवारी परेकोमा ११ जनाले उम्मेदवारी फिर्ता लिए संगै २०१ जना बिच विभिन्न पदको लागि प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचनका लागि सबै मतदान केन्द्रहरुमा तयारी पुरा भएको ठाकुरबाबा नगरपालिका, निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता तथा चुनावी मैदानमा रहेका उम्मेदवारहरु आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा जानेक्रम सुरु भएको छ । नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार घन नारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको चुरे माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । श्रेष्ठ यहि वैशाख २२ गते चुनावी घरदैलोको अभियानका क्रममा ठाकुरबाबा नगरपालिका–७, सुन्दरबस्तीमा मोटरसाईकलको ठक्करबाट घाईते भई काठमाण्डौको बि एण्ड बि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँकोे दाहिने खुट्टा भाँचिएको छ । हिजो बिहिबार राती मतदानका लागि श्रेष्ठ गृहनगर ठाकुरबाबा आईपुग्नु भएको हो ।

त्यस्तै नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिका–४, बगनाहा स्थीत कृषि सेवा केन्द्र भवनमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ भने नेकपा माओबादी केन्द्रका तर्फबाट नगरप्रमुखका उम्मेदवार नेत्रराज आचार्यले ठाकुरबाबा नगरपालिका–९, हात्तीसार स्थीत पृथ्वी प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवार दुर्गा प्रसाद जैसीले ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँको त्रिभुवन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुहुनेछ भने राष्ट्रिय प्रजातन्त्र पाटीर्की नगरप्रमुख उम्मेदवार कुमारी पार्वती लम्सालले ठाकुरबाबा नगरपालिका–५, बनकट्टीको किसान माध्यमिक विद्यालय मतदान केन्द्रमा, साझा पार्टी नेपालका उम्मेदवार उमेशराज थापाले ठाकुरबाबा नगरपालिका–३, जुडपानीको चुरे माध्यमिक विद्यालय मतदान केन्द्रमा र नेपाल मजदुर किसान पार्टीकी नगरप्रमुख उम्मेदवार पवित्रा शाहीले ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँ स्थीत त्रिभुवन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

नगरउपप्रमुख उम्मेदवार तर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले)की विना कुमारी भट्टराईले ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वाराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा, नेपाली कांग्रेसकी मन्जु कुमारी चौधरीले ठाकुरबाबा नगरपालिका–७, सुन्दरपुरको शिवसुन्दर आधारभुत विद्यालय मतदान केन्द्रमा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की आशा कुमारी थारुले ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँको त्रिभुवन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उपप्रमुख उम्मेदवार कुमारी मधु शर्माले ठाकुरबाबा नगरपालिका–४, बर्गदाहा स्थीत बबई शिशु मन्दिर आधारभुत विद्यालय मतदान केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारा बहादुर चम्लागाईले ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँको त्रिभुवन माध्यमिक विद्यालय मतदान केन्द्र र नेपाल मजदुर किसान पार्टीकी राम कुमारी थारुले ठाकुरबाबा नगरपालिका–७, सुन्दरपुरको शिवसुन्दर आधारभुत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

आज हुने स्थानीयतह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाईने निर्वाचन आयोगले जनाएको छ । मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने गरी व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । तर मतदाता नामावलीमा नाम भएकाहरुले मात्र अन्य परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.