online-aama-surachhya-sandesh

बर्दियामा ट्रकको टक्करबाट ई–रिक्सामा सवार एक महिलाको ज्यान गयो

Sambad ADD long

भुरिगाउँ, बर्दिया : पूर्व–पश्चिम राजमार्ग अन्तरगत भुरिगाउँ बजार नजिक सिंहबाहिनी चोकमा ट्रकको ठक्करबाट ई–रिक्सामा सवार एक महिलाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको रा. १ क १८३ नम्बरको ट्रकले भे. १ स ९५६२ नम्बरको ई–रिक्सालाई ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका–२, रानीपुर बस्ने ४९ वर्षीया पिउली धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । ट्रकले ई–रिक्सालाई ठक्कर दिएपछि घाइते भएकी महिलालाई तत्काल उद्धार गरि स्थानिय क्लिनिकमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । महिलाको शव पोष्टमार्टमाका लागि सदरमुकाम गुलरियाको जिल्ला अस्पताल लगिएको छ ।

ट्रक चालक दाङ्ग तुल्सिपुर उप–महानगरपालिका–४, का बसन्त नेपाली र ई–रिक्सा चालक ठाकुरबाबा नगरपालिका–८, का दिपेन्द्र बिकलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.