onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

एमाले बढैयातालको चुनावि प्रतिवद्धता : जनप्रतिनिधि शासक होइनन् जनताका सेवक

Sambad ADD long

बर्दिया : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बढैयाताल गाउँपालिकाले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बर्दियाका अध्यक्ष लाल बहादु श्रेष्ठले हिजो (शनिबार) पत्रकार सम्मेलन मार्फत् चुनावि प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिवद्धतापत्रमा नेकपा एमालेको नेतृत्वमा रहेको बढैयाताल गाउँपालिका सरकारले विगतका ५ वर्षमा गरेका काम, गर्न बाँकी काम र नयाँ योजना लगायतका विषयबस्तु समावेस गरिएको छ । बालबालिका, युवा, अपाङ्गता, महिला र जेष्ठ नागरिकका सवाललाई प्राथमिकतामा राखिएको बर्दिया जिल्ला कमिटि अध्यक्ष एवम् बढैयाताल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लाल बहादुर श्रेष्ठले बताउनु भयो । जनप्रतिनिधि शासक होइनन् जनताका सेवक हुन भन्ने भनाइलाई सार्थक बनाउने गरी कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्दै श्रेष्ठले शिक्षा, स्वास्थ्य , भुमि–ब्यबस्था गरिबि निवारण, यूवा स्वरोजगार तथा खेलकुद, कृषि तथा पर्यटन, उर्जा, वन, वातावरण तथा जलश्रोत, उद्योग तथा बाणिज्य, शान्ति सुरक्षा, सामाजिक न्याय र मानव अधिकार लगायतका विषयलाई प्रतिबद्धता पत्रमा समेटिएको छ ।

२०७४ को स्थानियतहको निर्वाचनमा बढैयाताल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित पाँच वटा वडामा नेकपा एमाले र चार वटा वडामा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको थियो । बर्दिया जिल्ला कमिटि अध्यक्ष एवम् बढैयाताल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ २०७४ सालको स्थानियतह निर्वाचनमा अध्यक्षमा विजयी हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.