onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरप्रमुख श्रेष्ठद्वारा पदबाट राजिनामा, पुुनः उम्मेदवार बन्दै

उप–प्रमुखमा बिना भट्टराई

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले पदबाट राजीनामा दिनु भएको छ । श्रेष्ठ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि आफुले उप–प्रमुख समक्ष राजिनामा बुझाएको श्रेष्ठले बताउनु भयो । नेकपा एमालेको तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बन्नका लागि स्थानियतहको निर्वाचनको प्रचारप्रसारमा सहभागि हुनुपर्ने हुँदा जननिर्वाचित नगरप्रमुखको पदमा बसेर निर्वाचनको प्रचारप्रसारमा सहभागि हुनु आचारसंहिताको प्रतिकुल हुने भएकाले जननिर्वाचित नगरप्रमुख पदबाट राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

२०७४ सालको स्थानियतह निर्वाचनमा विजयी श्रेष्ठलाई नेकपा एमालेले पुनः ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनाएको छ । नेकपा एमालेले ठाकुरबाबा नगरपालिकाको उप–प्रमुखमा बिना भट्टराईलाई उम्मेदवार बनाएको छ । नगरप्रमुखका उम्मेदवार श्रेष्ठले २०७४ सालको स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यलाई ११९ मतले पराजित गर्नुभएको थियो भने नगर उप–प्रमुखका उम्मेदवार भट्टराई नेकपा माओवादी केन्द्रका कृष्णा कुश्मा थारुसंग ११७ मतले पराजित हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.