onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा शैक्षिक क्षेत्रमा उदाहरणीय छ : नवराज ढुंगाना

त्रिभुवन आलोक स्मारिका विमोचन

Sambad ADD long

भुरिगाउँ, बर्दिया : लुम्बिनी प्रदेशका १०९ पालिकाहरु मध्ये ठाकुरबाबा नगरपालिका शैक्षिक क्षेत्रमा उन्नती र प्रगति गर्ने एक उदाहरणिय पालिका भएको शिक्षक महासंघका लुम्बिनी प्रदेश उप–महासचिब नवराज ढुंगानाले बताउनुभएको छ । उहाँले आज ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा रहेको त्रिभुवन नमूना माध्यमिक बिद्यालयको ५८ औं वार्षिक समारोह तथा त्रिभुवन आलोक स्मारिका विमोचन कार्यक्रमका क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले बिद्यालयका हरेक कुराहरुलाई समेटेर त्रिभुवन आलोक नामक पुस्तकमा पस्केर अभिभावक सम्म पुर्याउने तथा बिद्यालयका समस्याहरुलाई सरोकारवालाहरु सम्म पुर्याइ समस्या निराकरणमा वार्षिक समारोहले महत्वपूर्ण भुमिका खेल्ने बताउदै विद्यालयको थप प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो ।

त्रिभुवन नमुना माध्यमिक बिद्यालयको ५८ औँ वार्षिकउत्सव समारोह तथा त्रिभुवन आलोक स्मारिका कार्यक्रममा राष्ट्रिय सेवा दलमा आबद्ध भएका विद्यालयका ३६ जना विद्यार्थिहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा त्रिभुवन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दाराम अधिकारीले विद्यालय स्थापना भएदेखि अहिलेसम्मका कुराहरु समेटेर विद्यालयको संक्षिप्त परिचय राख्नु भयो ।

बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्ण थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख रेविका अमात्यको प्रमुख आतिथ्यता रहेको थियो भने शिक्षा शाखा अधिकृत सिता भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.