onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने

एसियन खेलमा २३ खेलमा नेपालले सहभागिता जनाउने

Sambad ADD long

काठमाण्डौ : नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रस्तावमा आएका ३८ खेलमा दुई खेललाई हटाएर ३६ खेल समावेश गर्ने निर्णय गरेको हो । ठेलो र क्यानोनिङलाई प्रदर्शनी खेलका रुपमा राखिएको छ । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने प्रतियोगिताका लागि बैठकले प्रतियोगिता निर्देशिकासमेत पारित गरेको छ । यस्तै बैठकले एसियन खेलमा भने २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ ।

बैठकले चीनमा हुने एसियन खेलका लागि चाँडै खेलाडीको तयारी पनि सुरु गर्ने निर्णय गरेको छ । नवौँ राष्ट्रिय खेलकुदमा भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टिक, कबड्डी, बास्केटबल, शारीरिक सुगठन, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, बुद्धिचाल, खोखो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, सेपाक्टाक्रो, प्याराग्लाइडिङलाई समावेश गरिने भएको छ ।

यस्तै, एसियन खेलहरुमा तेक्वान्दो, कराते, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, फेन्सिङ, महिला ह्याण्डबल, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिस सहभागी हुने भएका छन् ।

यस्तै, यो पटकको एसियन खेलका लागि आयोजकले तयारी पूरा गरेको बताएका छन् । एसियन खेलमा यो पटक कुल ३७ वटा खेललाई समावेश गरिए पनि नेपालले भने २३ खेलमा भाग लिने भएको हो ।

Leave A Reply

Your email address will not be published.