विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

आईपीएलमा राजस्थानद्वारा दिल्ली पराजित

काठमाण्डौ : राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो ।

मुम्बईमा राजस्थानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर दुई सय सात रन मात्रै बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ राजस्थानका प्रसिद्ध कृष्णले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले जोस बटलरको शतक मद्दतमा दुई सय २२ रन बनाएको थियो ।

बटलरले एक सय १६ रन बनाए । उनले यो सिजनको आईपीएलका सात वटा खेलमा तीन वटा शतकसहित चार सय ९१ रन बनाइसकेका छन् । यो आईपीएलमा सबैभन्दा धेरै रन बनाउने, सबैभन्दा धेरै शतक, सबैभन्दा धेरै चौका/छक्का लगायतका कयौँ रेकर्ड बटलरले बनाएका छन् । यस्तै, एकै सिजनमा सर्वाधिक शतकको रेकर्ड पनि बटलरकै नाममा दर्ता भएको छ । गएरातिको हारेको दिल्ली सात खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

Loading...

Thakurbaba Municipality