विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै

सीमा क्षेत्रमा ट्राफिक जाम

रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ ।

युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्नुभएको छ । युद्ध सुरु भएयता अहिलेसम्म ५१ लाख युक्रेनीले देश छाडेका छन् । तर पछिल्लो समय देश फर्कने बढिरहेको र गएको हप्ता दैनिक ३० हजार जनाका दरले नागरिक युक्रेन प्रवेश गरेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

देश फर्किएका नागरिकले यसै हप्ता ठूलो सभा गरेर शान्तिको लागि प्रार्थना गर्ने योजना रहेको खबरमा उल्लेख छ । युक्रेनबाट सबैभन्दा धेरै पोल्यान्डमा २८ लाख, रोमानियामा सात लाख, हङ्गेरीमा पाँच लाख, मोल्दोभामा साढे चार लाख, रुसमा झन्डै ६ लाख जना नागरिक शरणार्थीको रुपमा पुगेका छन् ।

Loading...

Thakurbaba Municipality