onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

भन्सार छलेको २४ बोरा चिनी नेपालगञ्जमा बरामद

Sambad ADD long

नेपालगञ्ज, बाँके : भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्ज स्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो । रासस

Leave A Reply

Your email address will not be published.