onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

स्वास्थ्य प्रमुखलाई दुर्व्यवहार गर्ने नेकपाका कार्यकर्ता पक्राउ

Sambad ADD long

जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई गत फाल्गुन ३० मा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

शनिबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ घर भइ युवा संगठनका इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।

Leave A Reply

Your email address will not be published.