onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मौसम प्रतिकूलताले स्वास्थ्य समस्या देखिन थाल्यो

शतर्कता अपनाउन डाक्टरको सुझाव

Sambad ADD long

काठमाण्डौ : मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष शतर्कता अपनाउन जोड दिएका छन् । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् ।

अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उहाँले सचेत हुनुपर्ने बेला आएको बताउनु भयो ।

अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकूल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने डाक्टर पाण्डेले बताउनु भयो । पछिल्लो समय नेपालको काठमाण्डौ सहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्य बर्द्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइटका अनुसार केही दिनअघि काठमाण्डौको वायु प्रदुषण खतराको बिन्दुमा पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.