उम्मेदवार मनोनयनको लागि आवश्यक कागजातहरु
काठमाण्डौ : आउँदो ३० गते हुने पालिका चुनावको लागि ११ गते आईतबार र १२ गते सोमबार उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।
सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू उम्मेदवार हुन पाउँदैनन् । सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्तिहरू पनि उम्मेदवार हुन पाउँदैनन् ।
उम्मेदवार मनोनयनको लागि के-के कागजात पेस गर्नुपर्छ ? यहाँ हेर्नुहोस् ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्” attachment_id=”333″ /]