onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिका वडा नंं. ३ का जनप्रतिनिधीहरुद्वारा राजिनामा

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष श्रीकृष्ण थारु सहित २०७४ सालको स्थानियतह निर्वाचनबाट जननिर्वाचित सम्पूर्ण वडा सदस्यहरुले पदबाट राजीनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः वडाअध्यक्ष तथा सदस्यको उम्मेदवार बन्न वडाअध्यक्ष श्रीकृष्ण थारु सहित सम्पूर्ण वडा सदस्यहरुले शुक्रबार राजीनामा दिएका हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि जननिर्वाचित वडाअध्यक्ष श्रीकृष्ण थारु, वडा सदस्य राम कुमार थारु, औंशे सुनार, महिला वडा सदस्य रुपकला कुमारी थापा र दलित महिला वडा सदस्य संगम नेपालीले नगरप्रमुख घन नारायण श्रेष्ठ समक्ष राजिनामा बुझाएको श्रीकृष्ण थारुले बताउनु भयो । नेकपा एमालेको तर्फबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को वडाअध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार बन्नका लागि स्थानियतहको निर्वाचनको प्रचारप्रसारमा सहभागि हुनुपर्ने हुँदा जननिर्वाचित वडाअध्यक्ष र सदस्यको पदमा बसेर निर्वाचनको प्रचारप्रसारमा सहभागि हुनु आचारसंहिताको प्रतिकुल हुने भएकाले जननिर्वाचित पदबाट राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

२०७४ सालको स्थानियतह निर्वाचनमा विजयी पुरानै उम्मेदवारहरुलाई नेकपा एमालेले ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ मा दोस्रो पटक जनप्रतिनिधीको उम्मेदवार बनाएको छ । राजिनामा स्वीकृत भएको जानकारी प्राप्त नभएको श्रीकृष्ण थारुले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.