onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

आजदेखि एसईई, नेपालीले जापानमा सञ्चालन गरेका विद्यालयका विद्यार्थी पनि सहभागी

Sambad ADD long

काठमाण्डौ : कोरोना भाइरस सङ्क्रमणका दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रवार देखि भएको छ । यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो ।

यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिँदैछन् । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन् । परीक्षा विहान ८ बजेदेखि सुरु भएको छ ।

एसईईका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । यसपालि एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुँदैछन् । श्रावण १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.