बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
दिनहुँजसो पाटे बाघ देख्न पाइएपछि पर्यटकहरु खुसी
भुरिगाउँ, बर्दिया : “बर्दिया राष्ट्रिय निकुञ्जभित्र जीप सफारीका क्रममा हामीले दुइ वटा पाटे बाघ देख्यौँ, एउटा पोथी बाघ अर्को भाले बाघ, भाले बाघले पिछा गर्दै एकैछिनमा पोथी बाघ नजिक पुग्यो । उनिहरुले संसर्ग गर्दै गरेको हामीले देख्यौँ । बर्दिया राष्ट्रिय निकुञ्ज निक्कै शुन्दर ठाउँ छ, साह्रै खुसी लाग्यो अफ्रिका भन्दा नेपाल धेरै फरक अनि राम्रो लाग्यो ।” पहिलोपटक नेपाल आउनुभएका ६७ वर्षीय इजराली पर्यटक अभि गोभेनले बाघ देखेकोमा खुसी हुँदै भन्नुभयो । बर्दिया निकुञ्जभित्रबाट जीप सफारी गरि फर्किएपछि निकुञ्ज गेटबाट पर्यटकहरु बाहिरिँदै गर्दा बुधवार दिउँसो बाघ देख्न पाएकोमा निक्कै खुसी देखिन्थे ।
इजरायलबाट आएका ८ जना पर्यटकलाई काठमाण्डौँबाट बर्दिया निकुञ्ज अवलोकनमा आउनुभएका पर्यटन व्यवसायी वीरेन्द्र चौधरीले आफ्ना पाहुनाहरुलाई प्रकृती पथ प्रर्दशकले दिएको निर्देशन अनुसार सावधानी अपनाउँदै निकुञ्जभित्र घुम्ने गरेको र जीप सफारीका क्रममा बघौरा फाँटामा उनिहरुले पाटे बाघ देखेपछि खुसी भएको बताउनुभयो । कोभिड महामारीका कारण दुई वर्षसम्म बर्दिया निकुञ्जको पर्यटन व्यवसाय ठप्प थियो । अहिले निकुञ्ज अवलोकनमा आउने पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकले दिन दिनै बाघ देख्न पाइरहेका छन् । पाटे बाघसंगै एकसिँगे गैँडा, जंगली हात्ती, लगायतका वन्यजन्तु देख्न पाउँदा उनीहरु खुसी भएका हुन् ।
नेपाल सरकारले दुइ वर्षअघि २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेपछि देशका सवै गतिबिधीहरु ठप्प भएका थिए । त्यसको असर पर्यटन क्षेत्रमा पनि पर्यो । पहिलो र दोस्रो लकडाउनले पर्यटकिय गतिविधी पुर्ण रुपमा सञ्चालन हुन सकेनन् । बर्दिया राष्ट्रिय निकुञ्जले गएको असोज महिनादेखि थोरै संख्यामा पर्यटकहरु प्रवेश गर्न दिने गरी केहि गतिविधी खुलायो, अहिले भने पुर्ण रुपमा निकुञ्ज अवलोकन खुल्ला गरेसंगै आन्तरिक र वाह्य पर्यटकहरु आउने क्रम बढ्न थालेको छ । कोरोना र लकडाउनले थला परेको पर्यटन क्षेत्रमा बिस्तारै चहलपहल बढ्न थालेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले गएको असोज महिनादेखि थोरै संख्यामा पर्यटकहरु प्रवेश गर्न दिने गरी केहि गतिविधी खुलायो । अहिले भने पुर्ण रुपमा निकुञ्ज अवलोकन खुल्ला गरेसँगै आन्तरिक र वाह्य पर्यटकहरुको ओहोरदोहोर बढेको छ । पाटे बाघ लगायतका वन्यजन्तुको संख्या बढेसँगै पर्यटकको आकर्षण पनि बढेको हो । अधिकाँश पर्यटकहरुले निकुञ्ज भित्र पाटे बाघ देख्न पाएपछि खुसी भएका छन् । इजराईल, फ्रान्स, अमेरिका, भारत लगाएतका देशबाट बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटक बाघ देख्न पाएपछि दंग छन् । बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटकले नेपालको चितवनमा मात्र बाघ देख्न पाइने सुनेपनि त्यहाँ भन्दा बर्दिया निकुञ्जमा आफुहरुले दिनहुँ बाघ देखेको बताएका छन् । दिनहुँ बाघ देख्न पाएकै कारण कतीपय पर्यटकहरु अन्त घुम्न जान छाडेर बर्दियामै दिन बिताउन थालेका छन् ।
बर्दिया टाइगर रिसोर्टका संचालक एवं बरिष्ठ टुरिष्ट गाइड रेशम थापाले अमेरिकाबाट आएका पाहुनाले बाघ देखेको बताउँदै अहिले पाटे बाघ हेर्न सकिने सिजन हो, यतिबेला बर्दिया निकुञ्जभित्र दिनहुँजसो बाघ देख्न पाएका छन्, बर्दिया निकुञ्जमा चैत महिनादेखि जेठ महिनाभरी बाघ देख्न सकिन्छ । बाघको वासस्थान राम्रो भएकाले बर्दिया निकुञ्जमा गर्मी महिनामा बाघ पानीमा पौडीन आउने भएकाले निकुञ्ज भित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा बाघ सजिलै देख्न पाइएको छ । निकुञ्जभित्र प्रवेश गर्दा जंगलसंग मिल्दोजुल्दो कपडा लगाएर जाँदा आक्रमणको डर नहुने उहाँको भनाइ छ । तराई क्षेत्रको सबैभन्दा ठुलो संरक्षित क्षेत्र बर्दिया निकुञ्ज वर्षेनी बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ को बाघ गणना अनुसार ८७ वटा वयस्क बाघ रहेका छन् । यसवर्षको बाघ गणना भर्खरै सकिएको छ । विगतका वर्षदेखि दिनहुँ बाघ देख्न पाइनुले यसपटक पनि बर्दिया निकुञ्जमा बाघको संख्या बढ्ने निकुञ्जको अनुमान छ ।
बर्दिया निकुञ्जमा दुइ वर्ष यता पाटे बाघका आक्रमणका घट्ना बढेपछि निकुञ्ज अवलोकनमा आउने पर्यटकहरुले सावधानी अपनाउन जरुरी भएको छ । तर पनि प्रकृती पथ प्रर्दशकले सुरक्षित स्थानबाट सावधानी अपनाउन सिकाएर निकुञ्जभित्र लैजाने भएका कारण खासै जोखिम नहुने राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दियाका प्रमुख डा. रबिन कडरियाले बताउनुभयो ।
कोभिडले पर्यटकहरुको आगमन सुन्यमा झरेको थियो । गएको असोज महिनादेखि निकुञ्ज प्रवेश खुल्ला गरेसंगै विस्तारै बढ्न थालेको छ । सिजन सुरु हुन थालेपछि निकुञ्ज अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनले निकुञ्ज नजिक ठाकुरद्धाराका होटल व्यवसायीहरु अहिले खुसी भएका छन् । अहिलेसम्म आन्तरिक ८ हजार र वाह्य तेह्र सयको संख्यामा पर्यटकहरु आएका छन् । कोभिडका कारण थलिएको पर्यटकिय गतिबिधी बाघ लगायतका वन्यजन्तु अवलोकन गर्न पाईने भएकाले बर्दियामा पर्यटकीय गतिबिधि बढेको हो । बाघ हेर्न आउने पर्यटकहरु बढ्न थालेका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मुकुन्द संजेलले बताउनुभयो ।
बाघ लगायतका वन्यजन्तु अवलोकनका लागि आन्तरिक र वाह्य पर्यटकहरु बर्दिया निकुञ्ज अवलोकनका लागि आउने क्रम बिस्तारै बढ्न थालेको पर्यटन व्यवसायीहरु पनि खुसी भएका छन् । दुइ वर्षअघि कोरोना महामारीपछि विगतमा जस्तै आन्तरिक तथा वाह्य पर्यटकहरु बर्दिया निकुञ्ज भ्रमणमा आउने सम्भावना बढ्नेमा बर्दिया निकुञ्ज आसपासका पर्यटन व्यवसायीहरु आशाबादी छन् । तर नेपाल सरकारले अबको पर्यटन प्रवद्र्धन गर्ने खालका विषेश प्याकेज र बजारीकरण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराइले बताउनुभयो । जसले गर्दा बर्दियासहित नेपालको पर्यटन व्यवसाय माथी उकास्नमा ठुलो टेवा पुग्ने उहाँको भनाइ छ ।