विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

सामाजिक सुरक्षा भत्ता नबाँडेको भन्दै मेयरले गरे बैंकमा तालाबन्दी

महोत्तरी : भंगहा नगरपालिकाका मेयरले सामाजिक सुरक्षा भत्ता नबाँडेको भन्दै स्थानीय कुमारी बैंकमा ताला लगाएका छन् । नगरपालिकाबाट खातामा जम्मा गरेको पैसा बैंकले ४ महिनासम्म पनि वितरण नगरेको भन्दै मेयर सञ्जीव कुमार साहले सीतापुर बजारमा अवस्थित सो बैंकको मूल गेटमै ताला लगाएका हुन् ।

मेयर साहले नगरपालिकाले करिव ४/५ महिना पहिले नै वृद्धभत्ता र एकल महिला भत्ताको पैसा बैंकमा जम्मा गरिसक्दा पनि बैंकले हालसम्म​ नबाँडेकोले बाध्य भएर ताल्चा लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ुबैंकलाई पटक पटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगरेकोले आज ताल्चा लगाएको होु। मेयर साहले बैंकमा तालाबन्दी गरेपछि बैंकको सम्पूर्ण सेवा प्रभावित भएको छ।

Loading...

Thakurbaba Municipality