धनगढीको फाइभ स्टार ग्रुपले सञ्चालनमा ल्यायो युपिभिसी उद्योग

Sambad ADD long

धनगढी : धनगढीमा फाइभ स्टार ग्रुपले युपिभिसी उद्योग सञ्चालनमा ल्याएको छ। धनगढी उपमहामनगरपालिकाको वडा नम्बर ४ स्थित सहिद गेट नजिकै फाइभ स्टार ग्रुपले युपिभिसी उद्योग सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच निमेश ड्राइभिङ र युपिभिसी उद्योगको उद्घाटन गरिएको हो । निर्माण व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष प्रकाश सेठीले रिवन काटेर संयुक्त उद्घाटन गर्नुभयो ।

एक करोडको लगानीमा खुलेको उक्त उद्योगले गुणस्तरीय आल्मुनियमका सामाग्रीको सेवा दिने संचालक मध्येका एकजना दिपेश घर्तीले बताउनुभयो । यस्तै फाइभ स्टार ग्रुप अन्तरगत धनगढीमा युपिभिसी उद्योग, निमेश ड्राइभिङ सेन्टर, धनगढी फर्निचर, उच्चाकोटी स्टिल संचालित छन्।

Leave A Reply

Your email address will not be published.