onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कैलालीको वनबेहडामा कुमारी बैंकको शाखारहित सेवा

Sambad ADD long

कैलाली : कुमारी बैंकले कैलालीको वनबेहडामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। कुमारी बैंक लिमिटेड अत्तरीया शाखा अन्तर्गत गौरीगंगा नगरपालिकाको बनबेहडा बजारमा उक्त बैंकिङ्ग सेवा सुरु भएको हो ।

शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने, वित्तिय पहुँच बिस्तार र डिजीटल बैंकिङ्घलाई प्रवृद्र्धन गरिने बैंकले जनाएको छ। कुमारी बैंकले देशैभरी १९८ शाखा, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ सेवा केन्द्र तथा १६ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ ।

Leave A Reply

Your email address will not be published.