onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

किभको चिहान गृहमा एक हजार २० शव

Sambad ADD long

काठमाण्डौ : युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् । “ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने । देशका अन्य ठाउँहरूमा पनि यस्तैगरी शवहरू छरिएको र सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ । रुसले युक्रेनमाथि गत फेब्रअरी २३ बाट आक्रमण गरेको हो। आक्रमणका कारण हजारौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । लाखौँ मानिस विस्थापित भएको दाबी गरिएको छ ।

धेरै भौतिक संरचनामा पनि क्षति भएको छ। साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ । संयुक्त राष्ट्रसङ्घलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन् भने दर्जनौँ देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन् । आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ । आक्रमण भएको सुरुका केही दिनमा चरण चरणमा दुई पक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ । रासस

Leave A Reply

Your email address will not be published.