onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

अफगानिस्तानमा विस्फोट, १५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

Sambad ADD long

काठमाण्डौ : अफगानिस्तानमा भएका दुई विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। अन्य ४० भन्दा बढी घाइते भएका छन् । पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक, मजार–ए–शरीफको एक शिया मस्जिद नजिक भएको थियो । त्यहाँ कम्तिमा ११ जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएका टोलो न्यूजलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो। प्रहरी प्रवक्ताका अनुसार विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बीबीसीकाअनुसार अफगानिस्तानमा इस्लामिक स्टेट सहित अन्य सुन्नी चरमपन्थी संगठनहरूले अक्सर शिया समुदायलाई निशाना बनाउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.