online-aama-surachhya-sandesh

ठाकुरबाबामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Sambad ADD long

भुरिगाउँ, बर्दिया : स्थानीय तहको निर्वाचनको लागि ठाकुरबाबा नगरपालिकामा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया सम्पन्न गर्न अधिकृत प्रेम प्रसाद देबकोटा ठाकुरबाबा नगरपालिकामा आउनु भएको हो । देबकोटालाई टाकुरबाबा नगरपालिकाका नगरप्रमुख, उप–प्रमुख, निमित्त प्रशासकिय अधिकृत, विभिन्न राजजितीक दलका प्रतिनिधी लगायतले स्वागत गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत देबकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु भएको छ ।

(यस समाचारमा संलग्न गरिएका तस्विरहरु निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबा नगरपालिका सैनवार, बर्दिया फेसबुकबाट लिईएको हो ।)

Leave A Reply

Your email address will not be published.