onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

अझै प्रतिगमनको खतरा छ : प्रचण्ड

Sambad ADD long

काठमाण्डौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार हुने क्रम नरोकिएको भन्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको अवसरमा आज शुक्रवार शुभकामना दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवम् तानाशाही प्रवृत्तिविरूद्ध सङ्घर्ष गर्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी भएको पनि बताउनुभयो ।

आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवम् श्रमजीवी वर्गका निम्ति गौरवको दिन भएको उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.