महिला बेचबिखनमा संलग्न ३२ वर्षपछि पक्राउ

Sambad ADD long

वीरगञ्ज : महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । थापाले २०४६ भाद्र १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो ।

पर्सा जिल्ला अदालतबाट २०६१ चैत्र १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय भएको थियो । तर उनी घटनापछि फरार थिए । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.