online-aama-surachhya-sandesh

महिलाहरुका लागि चुनौति र सम्भावनाले भरिएको पत्रकारीता क्षेत्र

Sambad ADD long

पत्रकारीता पेशामा जोडिएका महिलाहरुका लागि चुनौती कति छ भन्ने कुरा भनि सम्भव छैन् । तर काम गर्दै जादा आइपर्ने सबै चुनौतिहरुको सामना गर्ने महिलाहरुका लागि पत्रकारीता क्षेत्र पक्कै सफलतासंग जोडिएको छ ।

पत्रकारीता पेशासंग आवद्ध हुने सपना देख्नु ठुलो कुरो होइन । पत्रकारीता पेशामा जिवन्तसम्म जोडिरहनु वडो चुनौतिपुर्ण छ हामी महिलाहरुका लागि । संख्याको आधारमा हेर्ने हो भने पनि देशमै महिला पत्रकारको संख्या न्युन छ । पत्रकार बन्छु भन्ने सपना देखेरै यो पेशामा होमिएका कतिपय महिलाहरु पनि स्टुडियोको बन्द कोठामै सिमित बनेका छन् भने केहि त न्युनतम पारिश्रमिककै व्यवस्था नहुदा सुरुमा रहरकै कारण प्रवेश गरेको भएपनि अन्य पेशामा पलाएन हुने गरेका छन् । हुन त हरेक महिलाको पत्रकारीताको उदय त्यहि रेडियो स्टुडियोका बन्द कोठाबाटै सुरु हुन्छ । तर कसरी आफुलाई यो पेशामा स्थापित गर्ने भन्ने कुरा स्वयम व्यक्ति विशेषमा निर्भर रहन्छ ।

पत्रकारीता पेशामा जोडिएका महिलाहरुका लागि चुनौती कति छ भन्ने कुरा भनि सम्भव छैन् । तर काम गर्दै जादा आइपर्ने सबै चुनौतिहरुको सामना गर्ने महिलाहरुका लागि पत्रकारीता क्षेत्र पक्कै सफलतासंग जोडिएको छ । म अहिले पत्रकारीता क्षेत्रमा बामे सर्दै गरेको एक महिला पत्रकार हो । हुन त म यो पेशामा परिचित भएको झण्डै ३–४ बर्ष जति भैसक्यो । तर पनि सुरुका २–३ बर्ष भने रेडियोमा कार्यक्रम चलाउने र अरुले तयार पारिदिएका समाचार बाचन गर्नमै बित्यो । अहिले भने यो पेशामा रुचि र चासो भएकै कारण केहि सिक्ने र बुझ्ने सम्मको अबसर प्राप्त भएको छ ।

मेरो छोटो समयको अनुभव र अग्रज महिला पत्रकारहरुको भोगाइलाई हेर्न हो भने पनि पुरुषलाई जस्तो सहज छैन महिलाहरुका लागि यो पेशा । सहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा अझ बढि चुनौतिपुर्ण छ । मेरो जन्मभुमि कर्णाली प्रदेशको दैलेख जिल्लामा भएपनि केहि वर्षदेखि हामी लुम्बिनी प्रदेशको बर्दियामा बसोबास गर्दै आएका छौ । म बर्दियाकै एक स्थानीय रेडियोमा कार्यरत छु । म विगत झण्डै साढे ३ बर्ष पहिले प्रमाणपत्र तह पढ्दै गर्दा यो पेशामा आवद्ध भएकि थिएँ । एस।एल।सी पछि कक्षा ११ मा पढ्दै गर्दा भुरिगाउँमा रेडियो टाइगर खुल्यो । त्यसपछि रेडियोमा रेडियो उद्घोषण तालिम खुल्दै छ भन्ने थाहा पाएपछि म दैनिक ३ घण्टा स्कुलबाट भागेर तालिममा सहभागी हुन आउथे ।

पढाइमा त्यति ट्यालेन्ट नभएपनि क्लासमा पहिलो बेन्चमा बस्ने भएकाले सरले क्लास छोडेर गएको सहजै थाहा पाउनुभयो । म मात्रै हैन मेरो एक जना साथि पनि म संगै तालिममा सहभागी हुन जान्थीन् । सुष्मा तिमिल्सेना, जो अहिले पनि म संगै कार्यरत छिन् । हामी एउटै रेडियोमा काम गर्छौ । हामी दुबै जना क्लास छोडेर जाने भएपनि एकाउन्ट पढाउने सरले सोध्नुभएछ क्लासका अरु साथिहरुलाई । उनिहरुले हामी तालिम लिन गएको कुरा बताईदिएछन् । हामी आउदा सम्म क्लास छुट्टी भैसकेको हुन्थ्यो । अनि अर्को दिन भने सरले क्लास अलि ढिलो सम्म छोड्नुभएन छ । हामीलाई पर्खिनुभएछ । साथि र म तालीम सकिएपछि क्लासमा गयौ । सरले क्लास छोडेर जाने भन्दै गालि गर्नुभयो । सर एक हप्ता मात्रै हो । त्यसपछि क्लास छुट्दैन भनेर माफी माग्यौ । त्यसरी हामीले एक हप्ताको तालिम पुरा गर्यौ ।

रेडियोमै काम गर्ने अर्को एक जना साथिले हौषला दिएकि थिईन् हामीलाई । जो आफु अहिले रेडियोमा पारिश्रमीक नभएकै कारण यो पेशा छोड्न बाध्य भईन् । १ हप्ताको तालिम पश्चात हामीलाई तालिम लिएको प्रमणपत्र दिईयो । त्यो तालिममा महिला पुरुष गरि झण्डै ३०–४० जना सहभागी थिए होलान् । ति सबै कँहा हराए थाहा छैन् । हामीलाई भने रेडियोमा काम गर्ने अबसर मिल्यो । त्यसअघि जिवनमा के बन्ने के गर्ने भन्ने सोच थियो थाहा छैन् । तर व्यवस्थापन संकायमा प्लस २ मा जोइन भएकि थिए म । काहाँबाट पत्रकारीता पेशामा जोडिए पत्तै छैन । तर जबदेखि यो पेशामा आवद्ध भए, पहिलेको म र अहिलेको म मा धेरै फरक पाउछु आफै पनि । केहि नबोल्ने, बोल्न डराउने, लाज मान्ने म अहिले ढुक्क संग सबैसंग बोल्न सक्ने, नहिच्कीचाउने सम्म भएकि छु । पत्रकारीता पेशाले मेरो व्यक्तित्व विकासमा धेरै सहयोग पुर्याएको छ ।

विकट क्षेत्रमा जन्मिएकी, त्यतिबेला अहिलेको जस्तो सबै घरमा मोबाईल फोन हुने कुरै भएन । सानै देखि फोनमा पनि बोल्न डराउने म, फोनमा कुरा गर्नुपर्यो भने एक कोष पर भाग्थे । तर अहिले ति सबै डरहहरु हराएका छन् । रेडियोमा काम गर्दै जादा केहि सिक्ने र बुझ्ने अबसर प्राप्त भयो । टेक्निीकल पाटो पनि बुझ्न थालियो । मलाई सरहरुले पनि एकदमै सपोर्ट गर्नुभयो । आफुमा आत्मविश्बास भरिदै गयो । सुरुमा मलाई रेडियोमा काम गर्ने अबसर जुराईदिनका लागि रेडियो मै कार्यरत आदरणीय दाजु तारा केसीले धेरै पहल पर्नुभएको थियो । त्यसपछि रेडियेमा पनि सबैजनाले सहयोग गर्नुभयो ।

मलाई टेक्निकल कुरापनि सिक्नु पर्छ भनेर एक जना टेक्निीसियन सरल हुनुहुन्थ्यो । लोक्चन रावत, जो आज आर्थिक कै कारण रेडियो छोडेर जान बाध्य हुनुभयो । उहाँको त्यो सपोर्ट म आज पनि सम्झीरहेकी छु । उहाँ रेडियो छोडेर जादा मनमा एकदमै नरमाइलो लागेको थियो । तर समय नै त्यस्तै पर्यो । म उहाँको सहयोग कहिल्यै विर्सिने छैन् । त्यसैगरि हरेक कुरामा आफुसंगै राखेर इडिटिङ, मिक्सीङ लगाएतका काममा सिक्न सहयोग गर्नुभयो रामबहादुर चौधरी सरले । अनि समाचार र कार्यक्रम लगाएतमा आदरणीय अग्रज सौगात श्रेष्ठ, भिमा कंडेल दिदि, गोपाल घिमिरे सर लगाएतले धेरै सपोर्ट गर्नुभयो । उहाँहरु सबै मेरा पत्रकारीता क्षेत्रका गुरुहरु हुनुहुन्छ ।

अनि पत्रकारीता क्षेत्रका मुख्य गुरु हुनुहुन्छ, म कार्यरत रेडियोका स्टेसन प्रमुख भाबुक योगी सर । उहाँले मलाई जुन सहयोग र सपोर्ट गर्नुभयो, यदि आज उहाँले त्यसरी सहयोग नगरेको भए आज म यो स्थानमा हुने नै थिएन । उहिले नै यो पेशा छोडिसकेको हुने थिए सायद । सरले मलाई समाचार कसरी बनाउने, समाचारका श्रोतहरु केके हुन सक्छन्, कस्ता समाचार मिडियामा ल्याउने, रिपोर्ट कसरी तयार पार्ने लगाएतका धेरै कुराहरु सिकाउनुभयो । सबै संग चिनाउनका लागि आफु गएका धेरै जसो कार्यक्रममा आफुसंगै लिएर जानुहुन्थ्यो । यसरी केहि व्यक्तिहरुसंग परिचित हुने मौका मिल्यो । म अहिले थाहा खबर अनलाईनको बर्दिया सम्बाददाताको रुपमा कार्यरत छु । मलाई उहाँले नै यहाँ सम्म पुग्न पहल गर्नुभयो ।

मलाई लाग्यो, मैले जे जस्ता समस्याहरु भोगे ति मेरा मात्रै समस्या होइनन्, हामी सबै महिला पत्रकारका समस्याहरु हुन् । हाम्रो समाजले अझै पनि छोरीलाई मान्छे भएर बाच्न दिने अबसर खोसिरहेको छ । हरेक क्षेण छोरी हुनको आभास दिलाउछ यो समाज ।

यो बिचमा मैले भोग्नुपरेका समस्याहरु थुप्रै छन् । मलाई लाग्यो, मैले जे जस्ता समस्याहरु भोगे ति मेरा मात्रै समस्या होइनन्, हामी सबै महिला पत्रकारका समस्याहरु हुन् । हाम्रो समाजले अझै पनि छोरीलाई मान्छे भएर बाच्न दिने अबसर खोसिरहेको छ । हरेक क्षण छोरी हुनको आभास दिलाउछ यो समाज । अझै पनि कतिपय महिलाहरु आफै निर्णय लिन स्वतन्त्र छैनन् । उनिहरु के बन्ने, के गर्ने भन्ने निर्णय परिवार अफन्त र समाजले लिईदिनुपर्ने । बिषेश गरि ग्रामीण भेगमा यो समस्या अझै व्याप्त छ । अनि फेरी कामबाट घर फर्किन केहि ढिलो भयो भने अनेक थरी कुरा चल्न थाल्छन् । एक्लै बाहिर हिड्ने वातावरण छैन् अझै पनि । अर्को तर्फ जुन अबसर मैले पाए त्यो अबसर सबै, सबै महिलाहरुले पाउदैनन् । भबिष्यमा पत्रकार नै बन्छु भन्ने सपना देखेर यो पेशामा होमिएका महिलाहरु पनि स्टुडियोका बन्द कोठामै सिमित हुन पुगेका थुप्रै उदाहरणहरु छन् । पहिलो परिवारले नै सजिलै यो पेशामा आबद्ध हुनबाट रोक्छ, अनि दोस्रो कुनैपनि सञ्चार माध्यामले आफुलाई आबश्यक नपरी अबसर दिदैन् ।

किन लामो समयसम्म महिलाहरु यो पेशामा टिकिरहन सक्दैनन् त रु महिला पत्रकार चाहे त्यो सम्पादक होस् या त सम्वाददाता उसले पारिवारीक जिम्मेवारी लगाएत समाजका विविध जिम्मेवारी पुरा गर्नु नै पर्छ । यस क्षेत्रलाई नै पेशा बनाउछु भन्ने मानसिकता सहित प्रबेस गरेका महिलाहरुलाई पनि टिकाउन र विकाउन थुप्रै समस्या छ । एक त महिला पत्रकारको दोहोरो, तेहोरो, घर देखि पेशागत जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता, त्यसमाथि समाजले पत्रकारीताको मर्म, धर्म र कार्यगत प्रकृती नबुझेकाले महिला पत्रकारलाई हेर्ने दृष्टीकोणका कारण पनि यस क्षेत्रमा महिला पत्रकारहरु व्यवसायिक रुपमा टिक्न सकिरहेको अबस्था छैन् । न्युनतम पारिश्रमीकको समेत व्यवस्था नहुदा रहर भएर यस क्षेत्रमा प्रबेश गरेका महिलाहरु पनि अन्यत्र पलाएन हुने गरेका छन् ।

नेपाली पत्रकारीताको इतिहासमा महिला पत्रकारको जन्म महिला मासिक नामक पत्रिकाबाट सुरु भयो । जसले कालान्तरमा महिलाहरुलाई एस क्षेत्रलाई पेशा बनाउन प्रेरणा दियो । भन्ने सम्म मलाइ थाहा छन् । परिवार समाज र राष्ट्रका लागि महिलाको विकास अनिवार्य छ । कुल जनसंख्याको हिसावले ५१ प्रतिसत ओगटेको महिला वर्गको उपस्थिती राज्यका अन्य निकायमा न्युन रहे झै यो वर्गको उपस्थिती पत्रकारीतामा पनि अत्यन्त न्युन छ । यसमा अझ भन्ने हो भने तुलनात्मक रुपमा आदिवासी जनजाती महिला पत्रकारको संख्या न्युन छ ।

थुप्रै कारणहरु छन्, जुन पत्रकारीता क्षेत्रमा महिलाहरुका लागि अवसर हुदा हुदै पनि तगारो बनेर उभिएका छन् । जस्ले महिलाहरुलाई पत्रकारीता जगतमा जगमगाउन समस्या निम्त्याइरहेका छन् । तर अर्को तिर के पनि छ भने जुन महिलाले असर र सपोर्ट पाउछन्, उनिहरु पत्रकारीता क्षेत्रमा जिवन्त सम्म रहिरहेका पनि छन् ।

झण्डै ५२ प्रतिसत थारु समुदायको बसोबास रहेको बर्दियामा पनि थारु समुदायका महिलाहरु पत्रकारीता पेशामा थोरै मात्र लागेको पाइन्छ । यस्तै विहे अघि यो पेशामा लागेर काम गरिरहेको भए पनि विहे पछि श्रिमानको घर जानुपर्ने लगाएतका विभिन्न कारणले महिलाहरु यो जिम्मेवारीबाट अलग्गीन पुग्छन् । त्यसैगरी कतिपय महिलाहरुलाई श्रीमान घर परिवार लगाएतको सपोर्ट मिलिहाले पनि पछि सन्तानको स्याहार सुसार गर्नुपर्ने लगाएतका कारण समय व्यवस्थापन गर्न नसकेर छोड्न विवश हुन्छन् ।
त्यस्तै अर्को जटिल समस्या के पनि छ भने यहाँ विश्वासको समेत कमि छ । महिलाहरु विहेपछि छोडेरै गैहाल्छन भन्ने डरले पनि उनिहरुलाई विश्वास गरिदैन र जिम्मेवारी पद पनि दिइदैन् । लामो समय कुनै सञ्चार माध्याममा खटिएर काम गरेपनि उनिहरु रिपोटरमै सिमित रहन्छन् । त्यो भन्दा माथि उठ्न सक्दैनन् । जव आफ्नो कामको मुल्यांकन सम्म हुदैन, तव विचरा महिलाहरुलाई काँहाबाट काम गर्ने जागर चलोस् ।

यस्ता थुप्रै कारणहरु छन्, जुन पत्रकारीता क्षेत्रमा महिलाहरुका लागि अवसर हुदा हुदै पनि तगारो बनेर उभिएका छन् । जस्ले महिलाहरुलाई पत्रकारीता जगतमा जगमगाउन समस्या निम्त्याइरहेका छन् । तर अर्को तिर के पनि छ भने जुन महिलाले असर र सपोर्ट पाउछन्, उनिहरु पत्रकारीता क्षेत्रमा जिवन्त सम्म रहिरहेका पनि छन् । जो महिला पत्रकारका लागि प्रेरणको श्रोत बनेका छन् । महिला पत्रकारका लागि राज्यले पनि केहि प्रयास थालेको देखिदैन् । स्थानीय सरकार आएपछि महिला पत्रकारहरुका पक्षमा पहल गर्न कि भन्ने आशा गरेका महिला पत्रकारहरु ३, ३ बर्ष सम्म केहि पहल नभएपछि निरास छन् । महिलाहरुलाई यस क्षेत्रमा रहिरहन र समाजका महिला वर्गका लुकेर गुम्सीएर रहेका क्षेत्रहरुलाई वाहिर ल्याउनका लागि राज्यका निकायबाट पहल थालेमा केहि सहज हुने थियो कि रु

अन्तिममा म के पनि भन्न चाहन्छु भने म आफै पनि महिला भएकै कारण अब हामी दबिएर बस्नु हुदैन् । राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्नुपर्छ । कसैले हामीलाई कम्जोर नठानोस् । यसका लागि महिला बर्ग सक्षम हुन जरुरी छ । एक पटक अबश्य पत्रकारीतालाई बुझेर हेरौ । रेडियो उद्धघोषण क्षेमता विकास तालिममा सहभागी बनौ । यसले हाम्रो जिवनलाई परिवर्तन गरिदिने छ ।

र अर्को कुरा जुन विद्यालय उमेर समुहका किशोरीहरु छन्, उनिहरु पछिल्लो समय सानै उमेरमा बालविवाहको चपेटामा परिरहेका छन् । उनिहरुलाई पनि म यहि सुझाव दिन चाहन्छु कि बालविवाहले न त परिवारको न त समाजको न त स्वयम व्यक्तिको कसैको हितमा पनि काम गर्दैन । सानै उमेरमा विवाह गरेका कारण हिंसाको चपेटामा परेका थुप्रै उदाहरणहरु छन् ।
तसर्थ पहिला आफु सक्षम बनौ । स्वाबलम्बी बनौ, आफ्नो खुट्टामा उभिन सकौ । अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउन सिकौ । यसका लागि पहिला हरेक व्यक्तिको क्षेमता विकास हुन जरुरी छ । साथसाथै पत्रकारीता क्षेत्रमा भएका सबै समस्याहरुलाई छिचोलेर आत्मविश्वास र साहस लिएर अघि बढ्यौ भने महिलाहरुको पनि पत्रकारीता क्षेत्रमा एक छुट्टै पहिचान बन्ने छ भन्नेमा आशा छ ।

Leave A Reply

Your email address will not be published.